अपडेट 
२०७७ कार्तिक १०, सोमबार १०:४९

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–८ कर्करेमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ का २३ वर्षीय संगम कार्कीको उपचारका क्रममा सिन्धुली अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका सिन्धुलीको कमलामाई नगरपालिका–५ का २४ वर्षीय सौगात रायमाझी घाइते भएका छन् । रायमाझीलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको छ । बा १९ च ४३६३ नम्बरको जिप प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News