अपडेट 
२०७७ कार्तिक १०, सोमबार १५:२८

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी गैंडाकोट ५ का ७३ वर्षीय पुरुष नवलपरासी कावासोती २ का ७७ बर्षीय पुरुष कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १५ का ७८ वर्षीय महिला रहेका छन् । पोखरा–५ का ५५ वर्षीय पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रदेश निर्देशनालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा दुईजनाको मृत्यु भएको छ । मोरङका पथरी शनिश्चरे नगरपालिका वडा नं ३ का ६३ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका वडा नं १६ की ८३ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यसैबीच गण्डकी प्रदेशमा साेमबार थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो।

Comment


Related News

Latest News

Trending News