अपडेट 
२०७७ कार्तिक १०, सोमबार १६:१२

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भाेलि भारत आउने भएका छन् ।

भारत र अमेरिकाबीच भोलि दिल्लीमा मन्त्रीस्तरीय बैठक हुने भएको छ । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर भारत आउँदै हुनुहुन्छ । दुई देशका बीचमा रक्षा, सुरक्षा र विश्वको रणनीतिका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्मले जनाएका छन् । कोरोना महामारी तथा चीन र अमेरिका तथा भारत र चीनका बीचमा विवाद भैरहेका बेला वार्ता हुन लागेको हो ।

भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरले बैठकमा प्रतिनिधित्व गर्नुहुनेछ । भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हुन लागेको हो । अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वतन्त्र र खुला इण्डाे-प्यासिफिक क्षेत्रका देशहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्धिमा साझा धारणा बनाउनु भ्रमणको मुख्य उद्देश्य हुने बताउनुभएको छ ।

यसअघि सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा दुई देशबीच मन्त्रीस्तरीय बैठक भएको थियो ।

Comment


Related News

Latest News

Trending News