अपडेट 
२०७७ कार्तिक ११, मंगलवार ११:४२

शौच गएकी एक किशोरीलाई गाउँकै दुई किशोरले सप्तरीमा बलात्कार गरेका छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार तिरहुत गाउँपालिका वडा नंं ३ गोईठीकी १५ वर्षिया किशोरी तथा तिलाठी कोईलाडी गाउँपालिका ५ बाट गोईठीस्थित मामाघर आएकी १४ वर्षकी किशोरी गत आईतबार साँझ शौचकालागि गाउँ नजिकैको बाँस घारीमा गएका थिए । सोही समयमा गाउँकै १६ वर्षिय सुनिलकुमार साह तथा १८ वर्षिय ज्ञानु साहले दुबैलाई लछारपछार गर्दै बलात्कारको प्रयास गरेका थिए । मामाघर आएकी किशोरी नांगै भागेपछि गोईठी घर भएकी किशोरीमाथि दुबैले बलात्कार गरेर भागेका थिए । बलात्कारपछि बेहोस भएकी ती किशोरीलाई तीन घण्टापछि गाउँलेले उद्धार गरी डिमनस्थित ईलाका प्रहरी कार्यालयमा खबर गरेका थिए ।

बलात्कृत किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ भने बलात्कारी मध्येका सुनिललाई घरमै लुकेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका ज्ञानुको खोजी भईरहेको एसपी धमलाले जानकारी दिएका छन् । बलात्कारमा परेकी ती किशोरी कंकालनी मावि भारदहमा कक्षा १० मा अध्ययनरत रहेको बताईएको छ ।

Comment


Related News

Latest News

Trending News