अपडेट 
२०७७ कार्तिक ११, मंगलवार १२:४०

सिरहामा एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो । उनीहरुको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।  घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका उनीहरुको खोजतलास गर्ने क्रममा शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।


प्रहरीका अनुसा उनीहरु माछामार्ने वा नुहाउन पोखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुन्सधान भइरहेको जनाइएको छ । वडाध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराइरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आजपास गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए । दुवै शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News