अपडेट 
२०७७ कार्तिक ११, मंगलवार १४:०५

भारत र अमेरिकाबीच आधारभूत आदानप्रदान तथा सहकार्य सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौताका लागि अमेरिकाका रक्षामन्त्री मार्क टी एस्पर र परराष्ट्रमन्त्री माइकल आर पोम्पेओ सोमवार नयाँ दिल्ली पुग्नुभएकाे हाे ।

उहाँहरूकाे भारतीय समकक्षीहरू रक्षामन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री एस जयशंकरसँग कुराकानी भइरहेकाे भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । अमेरिकामा राष्ट्रपति चुनाव आउनुभन्दा एकसाता अघि भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई यस सम्झौताले थप सुदृढ बनाएको विश्लेषण गरिँदैछ । भारतको रक्षा मन्त्रालयले यस भ्रमणका क्रममा बेका सम्झौता हुने भनी सन्तोष व्यक्त गरेको छ ।

विगत चार वर्षमा भारत र अमेरिकाबीच तीनवटा आधारभूत सैन्य सम्झौता भएका छन् जसले गर्दा दुई देशबीचको सैन्य सम्बन्ध थप निकट बनेको छ । रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, दुवै देशका रक्षामन्त्रीले विभिन्न क्षेत्रमा द्विपक्षीय रक्षा सहकार्यमा समीक्षा गरेका छन् । अमेरिकी रक्षामन्त्री एस्परदले मालाबार २०२० सैन्य अभ्यासमा अस्ट्रेलिया पनि सहभागी हुने विषयलाई स्वागत गरेकाे बताइएकाे छ । उक्त अभ्यासमा अस्ट्रेलिया पनि सामेल हुने भनी भारतले केही दिनअघि घोषणा गरेको थियो ।

मंगलवारको बैठकमा पनि चारैजना मन्त्रीहरूले विशेष विषयमा कुराकानी गर्ने बताइएको छ । सम्झौता भएपछि भारतले अमेरिकाको भूस्थानिक सूचना उपयोग गर्न पाउँछ र क्षेप्यास्त्र तथा सशस्त्र ड्रोन जस्ता हतियार र स्वचालित प्रणालीको सटीकता बढ्छ । भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ । यस सहकार्यअन्तर्गत उच्चस्तरीय भूउपग्रहीय तस्बिर, टेलिफोन इन्टरसेप्ट तथा सीमामा चिनियाँ सैनिक र हतियार तैनाथीको आँकडा आदानप्रदान पनि गरिनेछ ।

Comment


Related News

Latest News

Trending News