अपडेट 
२०७७ कार्तिक ११, मंगलवार १४:१३

चीन । राजधानी बेइजिङमा सुरु भएको १० दिने अन्तराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ ।

मंगलबारबाट सुरु प्रदर्शनीमा विशेष अतिथि राष्ट्रका रुपमा प्रस्तुत गरिएको हो । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको (बिआरआई) विश्व प्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा राखिएका हरेक तस्वीर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाका व्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङ्रिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछाने लगायतका तस्वीर प्रदर्शनीमा समाविष्ट छन् । नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्करुपमा उपलब्ध गराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News