अपडेट 
२०७७ कार्तिक ११, मंगलवार १६:४६

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि छुरा प्रहार भएको छ ।

उनलाई पेटमा छुरा प्रहार गरि हत्याको प्रयास भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छुरा प्रहारबाट घाइते भएकी उनलाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । अभिनेत्री माल्वीले चर्चित टेलिभिजन सिरियल उडानबाट लोकप्रियता पाएकी थिइन् । उनले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् । पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए । माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ ।

उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइएको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ । आक्रमणकारीको पहिचान भइसकेको छैन । आक्रमणकारीविरुद्धवर्सोवा पुलिस स्टेसनमा मुद्दा दर्ता गरी खोजी भइरहेको छ । आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन ।

Comment


Related News

Latest News

Trending News