अपडेट 
२०७७ कार्तिक १२, बुधबार ०९:३६

भारतको बिहार राज्यमा निर्वाचन शुरु भएको छ ।

तीन चरणको मतदान अन्तर्गत आज पहिलो चरणको मतदान भैरहेको छ । पहिलो चरणमा ७१ सिटका लागि मतदान भैरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहारको निर्वाचनमा एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा ८५२ पुरुष र ११४ जना महिला उम्मेदवार छन् । दोस्रो चरणको मतदान नोभेम्वर ३ मा हुनेछ भने तेस्रो चरणको मतदान नोभेम्वर ७ मा सम्पन्न हुनेछ । नोभेम्वर १० मा मतपरिणाम सावएजनिक हुने छ ।

कोरोनाका कारण मतदानको समय एक घण्टा बढाइएको छ । तर फरक फरक सीटका लागि छुट्टा छुट्टै मतदान समयसीमा निर्धारण गरिएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News