अपडेट 
२०७७ कार्तिक १२, बुधबार ०९:४१

कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएका बताइएको छ । कोरोना संक्रमित ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक तीन गते अस्पताल भर्ना गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News