अपडेट 
२०७७ कार्तिक १२, बुधबार ०९:४३

बरमझियामा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पुर्व –पश्चििम राजमार्ग अन्तर्गत बरमझियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनपुर नगरपालिका–२ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खाजेको कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News