अपडेट 
२०७७ कार्तिक १२, बुधबार १४:२४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिनापछिका लागि सरेको छ ।

नेकपाकाे केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर यही कात्तिक १५ देखि १७ गतेसम्म बोलाएको बैठक आउँदाे मङ्सिर १५ देखि १७ गतेसम्म आयोजना गर्ने तय भएको जानकारी गराउनुभएको हो । कोरोना महामारीको बढ्दो प्रकोपका कारण बैठक स्थगित गरेर एक महिनापछिका लागि सारिएको विज्ञप्तिमा उल्लेख छ । आउँदाे चैतको अन्तिम हप्ताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ । 

Comment


Related News

Latest News

Trending News