अपडेट 
२०७७ कार्तिक १३, बिहीबार ०६:४४

विश्वमा हालसम्म तीन करोड २७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा कोरोनामुक्त हुनेको संख्या तीन करोड २७ लाख एक हजार ५९ पुगेको हो ।

हाल विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ४७ लाख ३८ हजार ९९ पुगेको छ । संक्रमितमध्ये ११ लाख ७८ हजार पाँच सय १३ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९१ लाख १७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यहाँ अहिले पनि २९ लाख ६८ हजारभन्दा बढी संक्रमित अवस्थामा नै छन् । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३३ हजार एक सय २३ पुगेको छ ।

भारतमा हालसम्म ८० लाख ३८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यहाँ अहिले पनि ६ लाख तीन हजार दुई सय ५१ जना संक्रमित अवस्थामा नै छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २० हजार पाँच सय ६३ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । हाल यहाँ सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ जना रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म आठ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News