अपडेट 
२०७७ कार्तिक १३, बिहीबार १४:१७

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्मदिनको अवसरमा प्रदेश २को सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदाको घोषणा गरेको छ ।


मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्नु हुँदै प्रदेशमा विदा समेत रहेको जानकारी गराउनु भएको हो । उहाँले जारी गर्नु भएको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ । मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गर्नु भएको छ ।

Comment


Related News

Latest News

Trending News