अपडेट 
२०७७ कार्तिक १३, बिहीबार १७:५३

नेपाल कम्युनिष्ट पार्टिका पर्सा जिल्ला समितिका सदस्य मुकेश चौरसियाको हत्याको किटानी जाहेरी दर्ता भएको छ ।नेकपा पर्साले एक हप्तादेखि गर्दै आएको आन्दोलन पश्चात बिहिबार जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तब्य ज्यानको किटानी जाहेरी दर्ता भएको हो ।गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाको दुई पक्षबीच भएको झडपमा परी मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको एक हप्तापछि सरकारी वकिल कार्यालय पर्सा मार्फत किटानी जाहेरीसहितको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ताको भएको हो ।

बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्व सांसद राजकुमार गुप्ता सहित १२ जनाको बिरोधमा जाहेरी सहितको निवेदन दर्ताको भएको हो । मृतकका भाइ महेश चौरसियाले दिएका जाहेरी सहितको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनले मृतक चौरसियाको घटनामा संग्लनविरुद्ध वकिल कार्यालय मार्फत आएको जाहेरीसहितको निवेदनमा अनुसन्धान गरेर कारबाही अगाडि बढाइने बताइन् ।

घटनामा संग्लन १२ जना विरुद्ध पर्सा प्रहरीमा दिइएको जाहेरीलाईनै सरकारी वकिल कार्यालय मार्फत प्रहरी कार्यालय पर्सामा दर्ता बिहिबार दर्ता गरिएको भएको सरकारी वकिल कार्यालयका अधिवक्ता पदम कार्कीले बताए ।उनले कर्तब्य ज्यानको घटनामा संग्लन व्यक्ति तथा योजनामा सलग्न उपर कार्यवाहिको माग सहित आएको जाहेरी निवेदलाई दर्ता नम्बर १९४ मा दर्ता गरि आवश्यक कार्यवाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बिहिबार नै पठाइएको बताए ।घटनाको मुख्य योजनाकार पुर्व सांसद राजकुमार गुप्ता भएको भन्दै गुप्ता सहित १२जनाको बिरुद्ध जाहेरी दर्ता गर्न मांग गर्दै नेकपा पर्साले एक हप्ता देखि पर्सा प्रहरीको बिरोधमा प्रर्दशन गर्दै आएको थियो । बिहीबार दिउसो १२ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडि मुख्य सडकमा २घन्टा चक्काजाम गरी नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका थियो । प्रदर्शनमा हाम्रो मुद्दा दर्ता गर, हत्यारालाई कारबाही गर, निकम्मा प्रशासन मुर्दावाद, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाउँदै सयौँको उपस्थितिमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा (नेकपा)का प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापालगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहदै आएको छ । मुदा दर्ता नभएको कारण एक हप्ता बितिसक्दा पनि मृतक चौरसियाको शव परिक्षण हुन सकेको छैन ।पर्सा प्रहरीले घटनाबारे आवश्यक कार्यवाहि गर्न ढिलासुस्ती गरेको भन्दै परिवारजनले बिहिबारसम्म लास बुझ्न मानेका छैनन ।

झडपमा सहभागी तीनजना प्रहरी नियन्त्रणमा

शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको पर्सा प्रहरीका प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन् । उनले घटनालाई अनुसन्धान गरी कारबाहीको तयारी भइरहेको बताए । गत बिहीबार पर्साको विन्दवासनी गाउँपालिका– ५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बिहीबार दिउँसो १२ बजे विन्दवासनी गाउँपालिका शपथग्रहण कार्यक्रममा झडप हुँदा आठजना घाइते भएका थिए । जसमा चारजना उपचार गरी घर फर्केका छन्। मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसियाको वीरगन्जको एलएस न्युरो अस्पतालमा गत शुक्रबार बिहान मृत्यु भएको हो ।

Comment


Related News

Latest News

Trending News