अपडेट 
२०७७ कार्तिक १४, शुक्रबार ०६:४३

विश्वमा हालसम्म तीन करोड २९ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित निको भएका छन् । शुक्रबार बिहानसम्ममा विश्वभरका तीन करोड २९ लाख ६४ हजार आठ सय ७२ जना कोरोनामुक्त भएका हुन् ।

विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९२ लाख सात हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ५९ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् । यहाँ अहिले पनि ३० लाखभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म दुई लाख ३४ हजार एक सय १४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८० लाख ८८ हजारभन्दा बढी पुगेको छ । यहाँ अहिले पनि पाँच लाख ९५ हजार मानिस संक्रमित अवस्थामै छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २१ हजार एक सय ३१ पुगेको छ ।

नेपालमा हाल कोरोना संक्रमितको कुल संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । हाल यहाँ सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ९२ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म नौ सय चार जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News