अपडेट 
२०७७ कार्तिक १४, शुक्रबार १२:२७

नेपाली बजारमा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेर ९४ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाली बजारमा चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News