अपडेट 
२०७७ कार्तिक १४, शुक्रबार १७:१८

नेपाल कम्युनिष्ट पार्टिका पुर्व सांसद राजकुमार गुप्ता पर्साजिल्लाबाट फारर भएका छन् ।

नेकपा पर्सा जिल्ला सदस्य एवम गाउपालिका सचिव मुकेश चौरसिया हत्याको जाहेरि पुर्व सांसद गुप्ता लगायत १२जनाको बिरोधमा दर्ता भएपछि पुर्व सांसद गुप्ता वीरगन्जबाट फारर भएको बताइएको छ । चौरसियाको हत्याको मुख्य याजनाकारको रुपमा जाहेरी दर्ता भएपछि उनी वीरगन्जबाट भूमिगत भएको नेकपा नेताहरुले बताएका छन् ।पर्सा प्रहरीको आवश्यक कार्यवाहिबाट बच्नको लागी उनी वीरगंजबाट बिहिबार नै काठमाडौं तर्फ प्रस्थान गरेको नेकपाका एक नेताले बताए ।शुक्रबार सांसद गुप्ताको मोबाइल नम्बर ९८५५०२३५५१मा फोन गर्दा घन्टी बजेपनि उनी फोन सम्पर्कमा आएनन ।

यता,कार्तिक ६ गते पर्साको विन्दावासनि गाउपालिका ५ प्रसौनीमा भएको सपथग्रहण कार्यक्रममा झडपमा परी गम्भीर घाइते भई उपचारको क्रममा मृत्युवरण गरेका मुकेश चौरसियाको घरपरिवारले उनकै योजनामा सो घटना घटाइएको र लाठीभाटा हान्ने देवा सहनी र हनिफ मिया निज पूर्ब सभासद गुप्ताकै वीरगंज श्रीपुरस्थितबाट पक्राउ परेको आरोप लगाएका छन् ।पर्सा क्षेत्र नं ३ का पूर्ब सभासद राजकुमार गुप्ताका गुरुपुरोहित रहेका अमपटिका उत्तम तिवारी र चिन्टुतिवारीको सक्रियतामा उक्त हत्या भएपनि गुप्ताकै दबावमा पर्सा प्रहरीले दुबैजनालाइ भगाएको आरोप समेत लगाएका छन् । हत्या घटनामा उनीसहित १२ जना नेता कार्यकर्ता विरुद्ध किटानी जोहरी परेसंगै अहिले पर्सामा उनीसहित अन्य कार्यकर्ता पनि फरार भएको अडकलबाजी भइरहेको छ । निवासबाट पक्राउ परेको हुदाँ उनको संलग्नता हुने दावी गर्दै आएका छन् ।पूर्ब सभासद गूप्तासहित १२ जनाको नाम किटानी जाहेरीमा समावेश गरी पर्सा प्रहरीमा कार्तिक ७ गते दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन् ।

जिल्ला प्रशासन कार्याल्य पर्सामा पनि ज्ञापन पत्र बुझाएर जाहेरी दर्ता गराउन खोज्दा नभएको पछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सुनवाई गराएर हिजो बिहीवार जोहरी दर्ता भएको छ ।त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले गराएकी छन् ।पुर्वसांसद गुप्ता फारर भएको बारेमा अनभिग्यता जनाउदै प्रहरी उपरिक्षक पन्थले भनिन,‘हामि अहिले मुदाको अनुसन्धानमा लागेका छौ,प्रमाण अधारमा जो जो भेटिए सबैलाई पक्राउ गरिने ल्याइ हाल्छौ ।’ घटनाको अनुसन्धान सुरु हुनु अगावै तिवारी बन्दुहरु हस्पीटलबाट भागेको पर्सा प्रहरीको भनाइ रहेको छ ।प्रहरी उपरिक्ष पन्थले घटना भएको दिननै घाइते भएका उत्तम तिवारी र चिन्टु तिवारी नारायणी अस्पतालको आपतकालिन वार्डमा आइसियुमा सर्नेबेला त्याहा रहेका प्रहरीलाई झुक्याएर भागेको स्विकार गर्दै हत्यामा संलग्न सबैलाई पर्सा प्रहरीले यथासिघ्र पक्राउ गर्नुे दाबि समेत गरिन ।

Comment


Related News

Latest News

Trending News