अपडेट 
२०७७ कार्तिक १४, शुक्रबार १९:२४

नेपाल कम्युनिष्ट पार्टी पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको अन्तिम दाह संस्कार गरिएको छ ।

मृत्युभएको ९दिन पछि चौरसियाको पर्सा जिल्लको विन्दवासीनी गाउपालिकाको बहुअर्वा भठा गाउको नदिमा हिन्दु रितिरिवाज अनुसार शुक्रबार साझ अन्तिम दाहसंस्कार गरिएको हो ।चौरसियाको शवयात्रा तथा दाहसंस्कारमा मातृका यादव लगायत प्रदेश नम्बर २का प्रचन्ड र नेपाल पक्षका सबै नेताहरु सहभागी भएका थिए ।वीरगन्जको नारायणी अस्पतालमा शवपरिक्षण गरिएपछि शवयात्रा निकाली बहुअर्वा गाउमा अन्तिम संस्कार गरिएको थियो ।नेपाल कम्यनिष्ट पार्टिका स्थायी समिति सदस्य एवम पुर्व मन्त्री मातृका प्रसाद यादव ,महेन्द्र पासवान,रामचन्द्र झा,पुरुषोत्म पौडेल,नागेन्द्र चौधरी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।त्यसिगरि नेकपाका केन्द्रिय सदस्य शत्रुधन महतो,श्रीप्रसाद साह,जगत यादव,भरत साह,विश्वनाथ साह,उर्मिला अर्याल,छोटेलाल यादव,गोपाल ठाकुर लगायतको नेताहरुले चौरसियाको अन्तिम श्रदाजलि अर्पण गरेका थिए ।

स्वरगिय कमरेड मुकेश चौरसियाका भाइ महेस चौरसियाले दागबती दिएका थिए ।चौरसियाको अन्तिम शबयात्रा ‘सहिद मुकेश चौरसिया अमर सहुन,राजकुमार गुप्तालाइृ फासिदेउ, निष्पक्ष छानविन गर,हामी न्यायको प्रतीक्षामा छौ’ लगायतका नाराहरु लगाइएको थियो । नेकपा पर्साले एक हप्तादेखि गर्दै आएको आन्दोलन पश्चात बिहिबार जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तब्य ज्यानको किटानी जाहेरी दर्ता भएको थियो । गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाको दुई पक्षबीच भएको झडपमा परी मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको एक हप्तापछि सरकारी वकिल कार्यालय पर्सा मार्फत किटानी जाहेरीसहितको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ताको भएको हो ।

बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्व सांसद राजकुमार गुप्ता सहित १२ जनाको बिरोधमा जाहेरी सहितको निवेदन दर्ताको भएको थियो ।

Comment


Related News

Latest News

Trending News