अपडेट 
२०७७ कार्तिक १५, शनिबार ०६:२५

मैथिलीमा एउटा प्रचलित उखान छ – ‘ गाम करे हूलिमारि आ सांई मांगे चुम्मा । ’ कोरोना संक्रमण दिनदूना रातचौगुणा बढिरहेको वेला , शारदीय नवरात्राको क्रममा धनुषामा देखिएको मेला, नाच– तमासा, प्रसाद, खोंइछ भडने तथा बोकावलिमा देखिएको रेलमपेलले मैथिलीको यस उखानलाई चरितार्थ गरेको छ । अझ समाजका अगुवा भनाउ“दा युवा अभियन्ता तथा समाजलाई सहि बाटोमा डो–याउने युवा क्लवहरुको क्रृयाकलपाले हाम्रो समाज कति रुढिवादी छ , यस तथ्यलाई उदांगो पारेको छ ।

वडा दशैंको अवसरमा मेला लाग्नु ,नाच–तमासा र नाटक जस्ता सांस्कृतिक कार्यक्रम आयोजन हुनु , प्रसाद चढाउनु, खोईछ भडनु तथा परम्परा अनुसार सप्तमी र अष्टमीको दिन बोकावलि प्रदान गर्नु सदियौंदेखि चल्दै आएको छ । जीव हत्याको विरोधमा सभा–सेमिनार गर्ने , पर्चा–पम्पलेट वितरण गर्ने संघ संस्थाहरुपनि विगत लामो समयदेखि औपचारिकता निर्वाह गर्दै आएका छन् । विरोध र समर्थन बीच बोकावलि भने कहिल्यै पनि रोकिएन । झन बढदै गएको तथ्यांक हामीले देखे सुनैकै हौं । तर यस वर्ष समय फेरिएको छ । कोभिड– १९को बढदो संक्रमणको कारण नेपालसहित सिंगै विश्व आक्रान्त छ । लाखौंको मृत्यु भई सकेको छ भने वैश्विक रुपमा आर्थिक मन्दीको संकेत देखिन थालेको छ । कोरोना व्यवस्थापन तथा स्वास्थ्य सुविधामा सुधार गर्नुको सट्टा तीनै तहका सरकार भाषणवाजीमा लागेको हामीसबैले देखेकैं हो । एकातिर सरकार आफ् ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गर्न इंकार गर्दैछ अर्को तिर हामी स्वास्थ्य सचेतनालाई वेवास्ता गर्दैछौं ।

कोभिड– १९ नियन्त्रण र उपचारमा सरकारको असफलता तथा आम नागरिकको आफ्नै स्वास्थ्यप्रतिको वेवास्ताले भयावह स्थिती सृजना गर्ने संकेत देखिन थालिएको छ । विश्व स्वास्थ्य संगठन समेतले आउने केही महिना कोरोना संक्रमण झन गंभीर हुने चेतावनी दिई सकेको छ । खुल्ला भई सकेको फ्रान्ससहितका केही देश पुनः लकडाउन गर्नु परेको छ । वैश्विक महामारीलाई दृष्टिगत गरी महाष्टमी भन्दा झण्डै एक महिना पूर्व जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक सूचना प्रकाशित गरेर यस वर्ष बोकावलि प्रदान नहुने उर्दी जारी गरे । जिप्रका धनुषाको उक्त सूचनामा ‘क्षमापूजा’ गर्ने सम्मको विषय उल्लेख थियो । सरकारी उर्दीका बावजूद पनि जनकपुरसहित धनुषाका गाउ“ गाउ“मा मेला आयोजन भयो । बोकाको बाजार नै लाग्यो । सोझा श्रद्धालुहरु सोंचे – ‘बोकाको बाजार लाग्न दिने प्रशासनले बोकावलि किन रोक्लान् ? उनिहरुको यस सोंचलाई अस्वाभिक मान्न सकिन्न ।

अन्ततः बोकावलि भयो पनि । झण्डै ९ हजार बोकाको वलि राजदेवी मन्दिरमै दिईयो । तर बोकावलिको नाममा जनकपुरमा देखिएको चरम राजनीतिकरणले समाजलाई तरंगित बनाएको छ । भिडभाडबाट कोरोना सर्ने भएर बोकावलि रोक्ने उर्दी जारी गरिएको भए पनि यसलाई धार्मिक आस्थासंग जोड्ने प्रयास गरियो । बोकावलिको विरोध गर्नेहरुलाई नास्तिकसम्मको संज्ञा दिइयो । केही युवा अभियन्ताहरुले बोकावलिको विरोध लाई अमूक पार्टी तथा अमूक नेताको नामसंग जोड्न पनि भ्याए । उद्योग वाणिज्य संघ प्रदेश २का अध्यक्ष तथा नेकपाका युवा नेता शिवशंकर साह हीरा आफ्नो फेसबूक स्टेशसमा लेखे –‘ मा.रघुवीर महासेठ ज्युको एकमात्र अठोट र प्रयास पछि प्रशासनले राजदेवी मन्दिरमा बोकावलि चढाउन सहमति दियो । बधार्य छ माननीय जी ।’ शिवशंकरजी यतिमामात्रमा रोकिनु भएन उनले आफ्नो अर्को स्टेटशमा लेखे – ‘ भक्तजनहरुले बोकावलिको बिरोध गर्नेहरुलाई कालोमोसो दलयो । जय माता राजदेवी ।’ अर्का युवा अभियन्ता तथा महावीर युवा कमिटिका पूर्व अध्यक्ष धर्वेन्द्र साहले लेखे –‘ बोकावलिको नतीजा आउने चुनावहरुमा आउने छ ।

धैर्य धारण गर्नु होला…..जय मा“ राजदेवी ।’ कुनै खास राजनीतिक दल किंवा नेतासंग राजनीतिक आस्था राख्नु मानिसको व्यक्तिगत स्वतन्त्रता हो । यस स्वतन्त्रतालाई सम्मान गर्नु पर्दछ । तर जिज्ञासाको विषय के हो भने – यस वर्ष बोकावलिको विरोध गर्नु भनेको धार्मिक आस्थाको विरोध गर्नु थियो ? नेकपा नेतृत्वको संघीय सरकारले बोकावलि रोक्ने सम्बन्धमा गरेको निर्णयलाई त्यही पार्टीका नेताले अबहेलना गर्दा समाजमा कस्तो संदेश जान्छ ? बोकावलिसंग अगामी चुनावको के सम्बन्ध छ ? फेरी आधुनिक शिक्षाप्राप्त युवा अभियन्ताहरुले कोरोना कहर बीच सामाजिक तथा भौतिक दूरीलाई वेवासता गर्दै आयोजित धार्मिक कार्यक्रमहरुको समर्थन गर्न ठिक कि बेठिक ? सिडियो साहेव राज्यको मातहातकि नेताविशेषको मातहात ? यी र यस्ता जिज्ञासाहरुले अचेल जनकपुरलाई विचलित बनाएको छ । यसै पनि बोकावलिलाई अर्थ असूलीसंग जोड्नेहरुको पनि कमि छैन यहा“ । एक बोकाको २ सयको दरले असुली गर्ने परम्परा पुरानै हो । समाजिक संघ संस्थाहरुसंग समाजको धेरै अपेक्षा हुन्छ । तीनै तहका सरकारले वेवास्ता गर्दै आए पनि यहा“का श्रीराम र महावीर युवा क्लवले राजदेवी मन्दिर, बौधीमाई तथा अमरखनालायतका शक्तिपीठहरुको साज सृंगार तथा पूजा अर्चा तथा बोकावलिको व्यवस्थापन गर्दै आएको छ ।

यस अर्थमा दुबै युवा कमिटीका पदाधिकारी तथा स्वयंसेवकहरुलाई धन्यवाद दिनै पर्दछ । कोरोना कहरबीच यी युवा कमिटीहरुले वैज्ञानिक कार्यनिती अवलम्बन गर्नेछन भन्ने जनअपेक्षा थियो । जो पूरा हुन सकेन । झन राजदेवी मन्दिरमा भएको बोकावलिलाई राजनीतिक रुपमा व्याख्या गरिदिदा यी क्लवहरुको स्वतन्त्रतामाथि नै प्रश्न खडा भएको छ । निर्वाचनमा हार र जीत राजनीतिक दल तथा नेताहरुका लागी खासै महत्व राख्दैन । हिजोका जितुवा आजका हरुवा हुन । आजका जितुवा भोलीका हरुवा पनि हुन सक्छन् । तर सामाजिक संघ संस्थाहरुको सत्ता स्थायी हुन्छन् । संघ संस्थाहरुले नेता जन्माउने हो । यी र यस्तै संघ संस्थाबाट युवा नेतृत्व विकास हुने हो तर यसका लागी समयसापेक्ष वैज्ञानिक सोंचको आवश्यकता छ ।

Comment


Related News

Latest News

Trending News