अपडेट 
२०७७ कार्तिक १५, शनिबार ०६:३९

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३२ लाख नाघेको छ । शनिबार बिहानसम्ममा तीन करोड ३२ लाख ३७ हजार एक सय १३ जना कोरोना संक्रमणमुक्त भएका हुन् । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ५८ लाख ९० हजार ८८ पुगेको छ । संक्रमितमध्ये ११ लाख ९३ हजार दुई सय मानिसले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९३ लाख १४ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । यहाँ अहिले पनि ३० लाख ६० हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३५ हजार एक सय ४२ पुगेको छ । भारतमा हालसम्म ८१ लाख ३६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ७४ लाख ३० हजारभन्दा बढी निको भइसकेका छन् । यहाँ अहिले पाँच लाख ८३ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामा छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २१ हजार ६ सय ८१ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट एक लाख ६८ हजार दुई सय ६५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २८ हजार नौ सय ५८ जना निको भइसकेका छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ सय २० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News