अपडेट 
२०७७ कार्तिक १६, आईतवार ०६:३०

जनकपुरधाममा दशै धुमधामका साथ मनाइयो । महावीर युवा कमिटी राजदेवी मन्दिरमा धुमधामका साथ दशैको तयारी गरि समापन पनि गरे । प्रत्येक बर्ष झै यस बर्ष त हुन सकेन तर समयानुकुल जे जसो भयो र आम सर्वसाधारण श्रद्धालुभक्तजन र स्थानीयबासीहरुले देखाएको सम्वेदनशीलता सराहनीय र प्रसंसनीय रहेको छ । महावीर युवा कमिटीले राजदेवी मन्दिरमा प्रत्येक बर्ष दशैको तयारी धुमधामका साथ गर्नु र आम व्यवसायीहरुको सहकार्यताले सफल पार्दै आएका छन् । भन्नकोलागि गुठी संस्थान अन्र्तगत राजदेवी मन्दिरलाई राखिएको र गुठी संस्थान मात्रै आमदनी लिने तर पूजा पाठमा कुनै सहयोग नगरेको पनि कसैवाट लुकीछिपीएको छैन् । महावीर युवा कमिटीका कार्यसमिति, पूर्व अध्यक्षहरु, तथा आम नागरिक समाजका अगुवाहरुको सहयोगमा राजदेवी मन्दिरमा पूजापाठ प्रत्येक बर्ष समापन हुदै आएको छ ।

यस बर्ष कोरोना (कोभिड–१९) भाइरासका कारण ठप्प रहेका जनकपुरका व्यवसायीहरुमा दशैको बेला मलहम लगाउने कार्य भएपनि उनीहरुको समस्या भने अहिले सम्म समाधान हुन सकेको छैन् तथापि उनीहरुले राजदेवी मन्दिरको दशै पूजामा भरपुर सहयोग गरेको छ । विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवलाहरुको सहयोगले राजदेवी मन्दिरमा पूजा पाठ सम्पन्न भएको छ । कसैले कुनै राजनीतिक दल वा नेता विशेषले राजदेवी मन्दिरमा पूजापाठ सम्पन्न भएको हो भन्नु गलत हो । यसलाई जनकपुरधामबासीले स्वीकार गर्दैन् । कुनै राजनीति दल वा कुनै नेताकै कारण दशै पूजा सफल भएको भन्नु सस्तो लोकप्रियता कमाउनुको साटो अरु केहि पनि होइन । म महावीर युवा कमिटीका पूर्व अध्यक्षको हैसियले पनि यो भन्न हिचकिचाउदिन कि राजदेवी मन्दिरमा कुनै एक व्यक्तिका कारण सफल भएको हो ।

यसलाई राजनीतिक रुप दिनु र राजनीतिक व्यक्तिको अखाडा बनाउनु श्रद्धालु भक्तजनहरुको पीडामा नुन छिर्कनु बाहेक अरु केहि पनि होइन । समय परिस्थितिलाई मध्यनजर गर्दै यस महावीर युवा कमिटीले बोकावलीको सन्दर्भमा गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले गरेको आदेश पालना गर्नु सम्पूर्ण धनुषा जिल्लाबासीको दायित्व हो । कोरोना भाइरस मान्छे चिन्हेर वा हेरेर नलाग्ने भएकाले बढी भिडभाड नगर्न जिल्ला प्रशासनको आदेशलाई स्वीकार गर्दै हामीले पनि बोकावली नगर्ने तर, आउनेहरुलाई फिर्ता नपठाउने मनस्थितिमा पुगेका थियौ जसमा जिल्ला प्रशासन र जिल्ला प्रहरीले खेलेको भूमिका बास्तवमा भन्नु पर्दा प्रसंसनीय रहयो । उनीहरुले यदि बोकाबली दिने बखत आएर हस्तक्षेप गर्ने प्रयास गथ्र्यो भने फेरी अवस्था अर्कौ सिर्जना हुने थियो तर, त्यस्तो भएन । उनीहरुको सौहर्दपूर्ण सहयोगले बोकावली चढाइयो । महावीर युवा कमिटी एक समाजिक संस्था हो यसलाई राजनीतिक रुप नदिन म सवैमा हार्दिक अनुरोध गर्न चाहन्छु । वर्तमान भिषम परिस्थितिवाट हरेक व्यक्ति भयभित छ ।

तर, महावीर युवा कमिटीले गरेको निर्णयलाई कुनै खास बर्ग वा कुनै खास व्यक्तिहरुलेनै मात्रै विरोध गर्नु असान्दर्भीक रहेको स्पष्ट छ । महावीर युवा कमिटीको निर्णयले मात्रै बोकाबली भयो कि आम श्रद्धालुभक्तजनहरुको झुकावले बोकावली प्रदान गरिएको थियो ? आम श्रद्धालु भक्तजनहरुको भक्तिमाथि कसैले प्रश्न चिन्ह ढाडो गर्यो भने यसको परिणाम समयमा बोहोर्नुको कुनै विकल्प छैन् । अहिलेकालागि उनीहरुले गरेको विरोधवाट भन्नेहरु खुशी भएको हुन सक्छ तर, यसको दुरगामी परिणाम आउनेछ भन्न सकिन्छ ।


धर्मेन्द्र साह पूर्वअध्यक्ष श्रीमहावीर युवा कमिटी

Comment


Related News

Latest News

Trending News