अपडेट 
२०७७ कार्तिक १६, आईतवार १३:२७

कोरोना संक्रमणबाट नेपाली कांग्रेसका महासमिती सदस्य मदन मण्डलको निधन भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा गएराति मृत्यु भएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पप्पु कुश्वाहाले जानकारी दिए । शनिबार नरायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शनिबार गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि गम्भीर अवस्थामा रहेका नेता मण्डललाई नारायणी अस्पतालले काठमाडौं रिफर गरेको थियो । तर, बाटोमै उनको निधन भएको कुश्वाहाले जनाए ।

Comment


Related News

Latest News

Trending News