अपडेट 
२०७७ कार्तिक १७, सोमबार ०७:४८

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् ।

नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् ।आइतबार प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।साथै प्रधानमन्त्री ओलीले सचिवालय बैठक नबोलाउने समेत बताएका छन् ।अध्य

क्ष प्रचण्डले गरेको ब्रिफ्रिङ उद्धृत गर्दै खुमलटार छलफलमा सहभागी एक नेताले भने–‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग–अलग जाऔँ । मलाई कुनै समस्या छैन भन्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुन सक्ने संकेत र चेतावनी दुवै दिनुभएको छ ।’यता प्रचण्डको कुरा सुनेपछि छलफलमा उपस्थित नेताहरुले कुनैपनि हालतमा पार्टी विभाजन गर्न नहुने बताएका ती नेताले बताए । साथै उनीहरुले बैठक बोलाउनुपर्नेमा जोड दिएका थिए ।

यसअघि आइतवार दिउँसो नेकपा महासचिव विष्णु पौडेलले पनि पार्टी एकता संकटमा परेको जानकारी दिएका थिए । उनले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।‘यतिबेला नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछुु’ महासचिव पौडेलको ट्वीटमा छ ।

Comment


Related News

Latest News

Trending News