अपडेट 
२०७७ कार्तिक १७, सोमबार ०७:५३

वीरगन्ज, १६ कार्तिक । वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुका कक्षा ८ देखि १० सम्मको अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले आईतबार विद्यालय व्यावस्थापन समितिका पदाधिकारी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलपछि आउँदो कार्तिक २३ गते आईतबारदेखि नगरक्षेत्रका कक्षा ८, ९ र १० को पढाई सुरु गर्ने निर्णय गरेको हो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको प्रधानाध्यापक र विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरुको बैठकले विद्यालय खोल्ने सम्बन्धमा विभिन्न विषयहरु माथि छलफल गरेर कार्तिक २३ गतेदेखि पठन पाठन सुचारु गर्ने निर्णय भएको हो । कोरोना भाईरस संक्रमणको महामारीले ७ महिना भन्दा लामो समयसम्म विद्यालयहरु बन्द रहेका छन् ।

कतिपय सामुदायिक विद्यालयहरु क्वारेन्टिन र आईसोलेसनका लागि समेत प्रयोग गरिएकोले ती विद्यालयहरुलाई निसंक्रमण गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन शुरु गर्ने निर्णय भएको महानगर प्रमुख सरावगीले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News