२०७७ कार्तिक १७, सोमबार ११:१५

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार (आज) पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्य उपस्थित हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । मुख्यसचिव पौडेलका अनुसार बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापतिलाई बुझाएको पत्रबारे छलफल हुनेछ ।

कांग्रेसले पार्टीको आगामी महाधिवेशनको तयारीकै सन्दर्भमा छलफलका लागि यही कात्तिक २१ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेको भएपनि कोरोना महामारीका कारण महाधिवेशन तालिका भने प्रभावित बनेको छ ।

Comment

Related News

Latest News

Trending News