अपडेट 
२०७७ कार्तिक १७, सोमबार १५:५२

सर्लाहीको मलंगवा नगरपालिकामा उपमेयर सहित वडा अध्यक्षहरुले तालाबन्दी गरेका छन्।

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ९हाकिम० ले मनोमानी रुपमा बजेट चलाउनुका साथै परिषद्को निर्णय विपरित कार्य सम्पादन गरेको भन्दै तालाबन्दि गरेका हुन् । यसै क्रममा हिजो मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको अगुवाइमा नगरपालिका अन्तर्गतका केहि वडाध्यक्षहरुले उक्त कार्यालयको लेखा शाखामा तालाबन्दी गरेका छन् । उपमेयर मिकरानीले बजेट संचालनमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको आरोप लगाउँदै मेस्तरहरुको तलब भतmा दिनुपर्ने, करार सेवामा के कति कर्मचारी भर्ना गरिएको छ, नियुक्ति भएका कर्मचारीहरुको नामावली र डोर हाजरी मार्फत कतिजना कर्मचारीहरुलाई तलब खुवाएको भन्ने जानकारी सार्वजनिक गर्न भनी मागहरु राखेर आफुहरुले तालाबन्दी गरेको बताउनु भयो । आफुहरुको जायज माग यथासिघ्र पूरा नभए चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने वडा न ३ का वडाध्यक्ष राम कैलाश साहले चेतावनी दिए ।

मलंगवा नगरपालिकामा मेयर, उपमेयर र वडाध्यक्ष सहित ७ जना काग्रेसबाट विजयी भएका थिए, भने ४ जना वडाध्यक्ष राजपा, २ जना वडाध्यक्ष एमालेबाट र एकजना स्वतन्त्रबाट विजयी भएका हुन् । काँग्रेसबाटै विजयी भएका उपमेयर र वडाध्यक्षहरु आफ्नै पार्टीको मेयरको विरुद्धमा मनोमानी ढंगले कार्यपालिका संचालन गरेको आरोप लगाउदै आन्दोलित भएका छन् ।

Comment


Related News

Latest News

Trending News