अपडेट 
२०७७ कार्तिक १७, सोमबार १६:४२

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो ।

Comment


Related News

Latest News

Trending News