अपडेट 
२०७७ कार्तिक १७, सोमबार १९:०३

रहीम युवा समाजले अति नै गरिव रहेको एक महिलालाई आर्थिक सहयोग गरेको छ । रहीम युवा समाज कतारको सहयोगमा समाज जनकपुरधामले जनकपुरधाम उपमाहानगरपालिका वार्ड नं ६ कि समीना खातुनलाई सोमवार ४१ ह्जार आर्थिक सहयोग गरेको हो ।

समाज जनकपुरधामका अध्यक्ष इद मोहम्मद साफी जानी खान मधेशीले समीनाको छोरीको तय भएको विवाहलाई सुसम्पन्न गर्नका लागि सो रकम सहयोग गरेको वताइएको छ । विभिन्न समयमा अति विपन्न तथा गरिव परिवारहरुलाई सहयोग गर्दै आएको रहीम युवा समाज कतारका प्रतिनिधीहरुले आफनो तलवबाट जम्मा गरेको रकम समाज जनकपुरधामको माफर्तबाट विपन्न तथा गरिव समीना खातुनलाई आफनो छोरीको विवाहका लागि रकम अपुग रहेको खवर प्राप्त भएपछि सहयोग गरेको समाजका अध्यक्ष जानी खान मधेशीले जानकारि दिएका छन । रहीम युवा समाज कतार यस भन्दा पहिले फरिस्ते नेपाल नामक संस्था खोलेर सहयोग गर्दै आएका थिए ।

Comment


Related News

Latest News

Trending News