अपडेट 
२०७७ कार्तिक १७, सोमबार १९:२७

वीरगञ्जमा कोरोना महामारीका कारण सात महिनादेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । महानगरका सामुदायिक विद्यालय पनि सोमबारदेखि खुलेका छन् । कक्षा ८ देखि माथिल्लो कक्षाका विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमा बोलाएरै पठनपाठन सुरु गरिएको हो ।यसअघि प्याब्सनले आयोजना गरेको बैठकमा कात्तिक ११ गतेदेखि नै विद्यालय खोल्ने भनिएपनि त्यसो भने हुन सकेन । निजी तथा आवासीय विद्यालय पनि कात्तिक १६ गतेदेखि मात्रै सञ्चालनमा आएका छन् । तर सामुदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमा विद्यालय पठाउनका लागि अभिभावकको मञ्जुरी अनिवार्य गरेका छन् ।त्यसका लागि विद्यालयले अभिभावकसँग लिखित सहमति लिइरहेका छन् । विद्यार्थीलाई कारणबस कोरोना संक्रमण भइहालेको अवस्थामा विद्यालय दोषी नहुने गरी मञ्जुरी लिने गरिएको हो ।

नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्दा कथम कदाचित संक्रमण भइहालेको अवस्थामा अभिभावकले निहुँ खोज्ने अवस्था नआओस् भनेर लिखित सहमित लिने गरिएको विद्यालयहरुले जनाएका छन् ।तर सरकारले कोरोना महामारी संक्रमणको जोखिमबाट बालबालिकालाई जोगाउँदै सिकाइ प्रणाली सञ्चालन गर्न वैकल्पिक शिक्षा प्रणालीमा जोड दिइएको छ । त्यसका लागि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ ।सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर भएका विद्यार्थी, एमएम रेडियोमा पहुँच भएका विद्यार्थी, टेलिभिजनमा पहुँच भएका विद्यार्थी, कम्युटर भएको तर अनलाईन कनेक्टिभिटि नभएका विद्यार्थी, इन्टरनेट तथा सूचना प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी गरी पाँच वटा समूहमा वर्गीकरण गरेर वैकल्पिक माध्यमबाट शिक्षा दिन भनिएको छ ।

अवस्था विश्लेषण गरी विद्यालयले आफ्नो क्षेत्रभित्रका सबै बालबालिकाको सिकाइ सहजीकरण गर्ने कार्य योजना तयार गरी पालिकासँग समन्वयमा उपयुक्त वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था छ ।तर महानगरपालिकामा नयाँ विकल्प अपनाइएको छ । अभिभावकको लिखित मञ्जुरी लिएर विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर अध्यापन गराउन सुरु गरिएको छ । कोभिड १९ संक्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा सतर्कताको पूर्ण पालनासहित विद्यालय सञ्चालन गरिएको दाबी उनीहरुले गरेका छन् ।विद्यार्थीलाई मास्क अनिवार्य गरिएको र भौतिक दूरी पालना गराइएको उनीहरुले दाबी गरेका छन् । विद्यालयले सेनिटाइजर र हात धुने ठाउँको व्यवस्थापन मिलाउनु पर्नेछ ।नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य छोटेलाल प्रसादले पहिलो दिन भएर विद्यार्थी कमै मात्र विद्यालयमा आएको जानकारी दिए । ‘आवश्यक तयारी गरिसकेका केही विद्यालय मात्रै सोमबार सञ्चालन भए, न्यून संख्यामा विद्यार्थी सहभागी थिए ।’ उनले भने ।

अभिभावकको लिखित मञ्जुरी अनिवार्य गर्नु आवश्यक देखिएकोले शिक्षक महासंघ लगायत शिक्षक संघ संगठनले नै सल्लाह दिएको उनको भनाइ छ ।‘जोखिमको राज्यले जिम्मा नलिएको अवस्था छ, स्थानीय सरकारले पनि जिम्मा लिँदैन । भने विद्यालयले कसरी जिम्मा लिन सक्छ र ?’ उनले भने ‘ त्यसैले अभिभावकको लिखित सहमति अनिवार्य गरेका हौं

Comment


Related News

Latest News

Trending News