अपडेट 
२०७७ कार्तिक १७, सोमबार २०:५४

सर्लाहीको नेपाल भारत सीमा नाका बलराबाट नेपाल भित्रँदै गरेको ठूलो परिमाणको पटाका बरामद भएको छ ।  

 तिहार तथा छठ पर्वको अवसर पारेर सर्लाही जिल्लाको विभिन्न सिमावर्ती नाकाहरु भएर भारतबाट नेपाल तर्फ विभिन्न किसिमका पटाकाहरु ओसारपसार हुँदै आएको भन्ने प्राप्त सूचनाको आधारमा भारतसँग सिमा जोडिएको नाकाहरुमा गस्ती पेट्रोलिंग बढाउँदा आइतवार बिहान इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको गस्ती टोलीले बलरा नगरपालिका वडा न-८ स्थित सार्वजनिक सडकबाट  ज १ त २१७९ नम्बरको ट्याक्टरको टेलरमा पालले छोपेर राखेको अवस्थामा १ हजार ८८ किलोग्राम विभिन्न किसिमका अवैध पटाका बरामद गरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जनाएको छ ।    बरामद गरिएको उक्त पटका आज(सोमवार )दिउँसो  संचारकर्मीहरुको  उपस्थितिमा सार्वजनिक  गरिएको छ ।बरामद पटाका र ट्याक्टर जिल्ला प्रहरी कार्यालय मलंगवाको नियन्त्रणमा राखि विष्फोटक पदार्थ सम्बन्धि कुसुरमा थप अनुसंधान भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । 

 नेपाल भित्रिने सर्लाहीका सबै नाका  हुदै पटका लगायत अबैध समानको ओसार पसार बढे पछि  प्रहरीले  सक्रियता बढाएको छ।

Comment


Related News

Latest News

Trending News