अपडेट 
२०७७ कार्तिक १८, मंगलवार ०६:२६

जनकपुरधाम । प्रदेश २ को समायोजनमा पहिलो चरणमा प्रदेश कमिटीमा अध्यक्ष समेत १ सय ३५ जना रहने कार्यदलमा सहमति भएकोछ ।

बर्दिवास स्थित जसपाका एकजना नेताको होटेलमा सोमवार बसेको कार्यदलको बैठकले पहिलो चरणमा प्रदेश कमिटीमा अध्यक्ष बाहेक दुवै तर्फबाट ६७/६७ जना रहने सहमति भएको छ । ‘केन्द्रिय निर्देशिका र विधान अनुसार प्रदेश कमिटी १सय ५१ सदस्यीय हुनेछ’कार्यदलका सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव(राजबाबु)ले भने, तर पहिलो चरणमा १६ जना सदस्यको स्थान रिक्त राखिने सहमति भएको छ । विधान अनुसार प्रदेश कमिटीमा १ जना अध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना मुख्य सचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रावधान छ ।बाँकी सबै सदस्य रहने विधानमा व्यवस्था छ । केन्द्रिय निर्देशिका अनुसार अध्यक्ष चयनमा दुवै पक्षबीच सहमति हुन नसके समानुपातिक तर्फ प्रदेश चुनावमा बढी मत प्राप्त दलले अध्यक्ष पाउने छ ।प्रदेश २ मा पूर्व राजपाले नै बढी मत ल्याएको थियो ।

अध्यक्ष पाउने पक्षमा मुख्य सचिव हुने छैन् । पूर्व समाजवादी पार्टीको प्रादेशिक संरचना बनिसकेकाले नाम सिफारिसमा जटिलता नरहेको कार्यदलका सदस्य सुनिल झा ‘रोहित’ले बताए ।तर पूर्व राजपामा नाम छनौट गर्न केहि जटिलता रहेको उनले स्वीकारे । ‘केन्द्रिय स्तरमा नेताहरुको भागबण्डा मिलाउन निर्धारित गरिएको प्रतिशत अनुसार नै प्रदेशमा पनि नाम सिफारिस हुनेछ’ उनले भने, ६ जना नेताले आ–आफ्नो भागमा परेका सदस्यहरुको नाम सिफारिस गर्नेछन् । तर पूर्व राजपा अध्यक्ष मण्डलका सदस्यहरु बिरामी परेकाले केहि ढिला हुन सक्ने संभावना रहेको बताइन्छ ।मंसिर १० गते सम्म प्रदेशको समायोजनका लागि तिथि निर्धारण गरिएपनि कात्तिक मसान्त भित्र नै सकिनेगरि कार्य भइरहेको उनले बताए ।

कार्यदलमा पूर्व समाजवादी पार्टीबाट रामसहाय यादव र विजय कुमार यादव रहेका छन् ।त्यसैगरि पूर्व राजपाबाट मृगेन्द्र कुमार सिंह यादव र सुनिल रोहित रहेका छन् ।यो कार्यदलले नै प्रदेश २ को पालिका कमिटीहरुको समायोजन गर्ने छ ।प्रदेश र पालिका स्तरमा समायोजनको एउटै निर्देशिका तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News