अपडेट 
२०७७ कार्तिक १८, मंगलवार ०६:३१

पटना । आज भारतको बिहार राज्यमा विधान सभाको १७ जिल्लाको ९४ स्थानमा मतदान हुदैछ ।

गत बुधवार पहिलो चरणको ७२ स्थानको मतदान भएको थियो । केन्द्रिय सत्तारुढ भारतिय जनता पार्टी(भाजपा) र बिहारमा सत्तारुढ जनता दल युनाइटेड गठबन्धन र राष्ट्रिय जनता दल(राजद)नेतृत्वको महागठबन्धनबीच मुख्य प्रतिष्पर्धा देखिएकोछ । बिहारमा डेढ दशकदेखि मुख्यमन्त्री रहेका नितिश कुमार पुन ःदावेदार छन् ।उनको विपक्षमा मुख्यमन्त्रीका दावेदार राजदका युवा नेता तेजस्वी यादव छन् । पहिलो चरणको मतदानमा अग्रस्थानमा रहेको बताइएको महागठबन्धन दोस्रो चरणको मतदानमा पनि अग्रता लिने दावी गरिएको छ ।चुनावमा मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल युनाइटेडलाई भारी नोक्सान हुने अड्कल गर्न थालिएको छ । दोस्रो चरणको मतदानमा अग्रता लिने गठबन्धनले नै सरकारको नेतृत्व गर्ने स्वतन्त्र विश्लेषकहरुले बताउन थालेका छन् ।

दोस्रो चरणमा राजधानी पटना लगायत मध्य भागको क्षेत्रमा मतदान हुनेछ । नेपालसित सीमा जोडिएका जिल्लाहरुमा तेस्रो चरणमा अगामी शनिवार मतदान हुने कार्यक्रम छ । अगामी मंगलवार मतगणना हुनेछ । भारतीय राजनीतिमा निर्णायक रहने गरेको बिहार देशको २९ राज्य मध्ये २३ औं स्थानमा रहेकोछ ।बिहारमा शिक्षा, स्वास्थ्य, सडकको अवस्था अत्यन्त खराब छ ।बेरोजगारी चरममा छ ।बिहारका अधिकांशका विपन्नहरु रोजगारीका लागि अन्य प्रदेश अथवा विदेश जान बाध्य छन् ।

Comment


Related News

Latest News

Trending News