२०७७ कार्तिक १८, मंगलवार ०६:३६

कलैया । उखु उत्पादक किसानहरुले भोली १९ गतेदेखि भुतmानी पाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा सोमबार बसेको सर्वपक्षीय बैठकबाट किसानहरुको कागज कार्तिक १८ गते मिलमा बुझाई १९ गतेदेखि किसानहरुलाई भुक्तानी दिने निर्णय भएको उखु उत्पादक किसान संघका बारा जिल्ला अध्यक्ष बिरेन्द्र कुसवाहाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको सो बैठकले नेपाल सरकारबाट किसानहरुका लागि आएको अनुदान रकम भुक्तानी दिन लागेको हो । १० करोड १८ लाख किसानहरुको खातामा पठाउने कोष तथा लेखा नियन्त्रकको कार्यालय प्रमुख पवन अधिकारीले जानकारी दिए । बारा र पर्साका गरि १६ लाख ५६ हजार ८२ क्ईिन्टन उखु उत्पादन भएको अनि किसानहरुलाई १० करोड ८१ लाख जति रकम दिने भएको भएपनि पहिलो चरणमा सरकारबाट आएको अनुदानलाई बाड्ने रिलायन्स सुगरमिल श्रीपुरका प्रवन्धक बिकास चौधरीले बताए ।

गत बर्षको बाँकी भुक्तानी र यस बर्षको अपुग पैसा छिटै प्रक्रिया पुगाई माँग गर्नेमा पनि किसान संघ सहमत भएको किसान संघका सल्लाहकार मुकेश कुसवाहाले बताए । बैठकमा कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादव, मिलका क्यान म्यानेजर बिएन पाण्डे लगायतको सहभागिता रहेको थियो । बारा र पर्सामा १६ हजार बिग्हामा उखु खेती हुने गरेको मिल ब्यवस्थापनले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News