अपडेट 
२०७७ कार्तिक १८, मंगलवार ०६:५९

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३९ लाख नाघेको छ । मंगलबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३९ लाख ८४ हजार चारसय ६६ पुगेको हो । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ७२ लाख ८८ हजार नौं सय ७२ पुगेको छ । संक्रमितमध्ये १२ लाख दश हजार तीन सय ९४ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९५ लाखभन्दा बढी पुगेको छ । संक्रमितमध्ये ६१ लाख ५४ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार नौं सय ३८ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८२ लाख ६६ हजार नौ सय १४ पुगेको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २३ हजार १ सय ३९ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ७६ हजार पाँच सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये एक लाख ३७ हजार नौ सय ९२ जना निको भइसकेका छन् । नेपालमा नौ सय ८४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News