अपडेट 
२०७७ कार्तिक १८, मंगलवार १४:०८

अस्ट्रेलियाली अलराउण्डर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय क्रिकेटरले मङ्गलबार एक भिडियोमार्फत सन्न्यासको घोषणा गरेका हुन् । ‘एउटा अध्याय बन्द हुन्छ र अर्काे नयाँ र उत्साहजनक अध्याय खुल्छ’, वाट्सनले आफ्नो भिडियोमा भनेका छन् । यस संस्करणको चेन्नई सुपर किङ्ग्सको अन्तिम खेल, किङ्ग्स एलेभेन पञ्जाबविरुद्धको खेलमा वाट्सनले सन्न्यासबारे कुरा गरेका थिए ।

वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ मा नै सन्न्यास लिएका थिए । वाट्सनले सन् २०१८ मा चेन्नईलाई आईपीएलको उपाधि जिताउन फाइनलमा शतकीय पारी खेलेका थिए ।  यस संस्करणमा वाट्सन चल्न नसके पनि उनले आईपीएल करियरमा तीन हजार आठ सय ७४ रन बनाउँदै ९२ विकेट पनि लिएका छन् । चेन्नईसँग जोडिनुअघि वाट्सनले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबाट पनि खेलिसकेका थिए । उनले सन् २००८ मा आईपीएलको उद्घाटन संस्करणमा रोयल्सलाई उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

क्रिकेट करियरमा वाट्सनले ५९ टेस्ट, एक सय ९० एकदिवसीय र ५८ टी–२० खेल्दा सन् २००७ र २०१५ मा अस्ट्रेलियाले दुई पटक आईसीसी विश्व कपको उपाधि जित्दा उनी टिमको सदस्य थिए । उनले टेस्टमा तीन हजार सात सय ३१ रन बनाउँदै ७५ विकेट लिएका छन् । त्यस्तै एकदिवसीयमा पाँच हजार सात सय ५७ रन र एक सय ६८ विकेट लिँदै आफ्नो समयको उत्कृष्ट अलराउण्डर बन्दै आफ्नो करियर समाप्त गरे । 

Comment


Related News

Latest News

Trending News