अपडेट 
२०७७ कार्तिक १८, मंगलवार १९:१५

उपमेयर सहित वडाध्यक्षहरुले आज दिउँसो  सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकामा नगर प्रमुख  तथा प्रमुख प्रशासकीय अधिकृतको विरुद्धमा नाराबाजी र विरोध प्रदर्शन गरेका छन् ।  नगर प्रमुख निरसल साहले   प्रशासकीय अधिकृत होमनाथ सुवेदीसँग  परिषद्को निर्णय विपरित कार्य सम्पादन गरी अनियमितता गरेको आरोप लगाउँदै कार्यालयको मुल गेट अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन ।  

  सोमबार उपमेयर र वडाध्यक्षहरुले विरोध स्वरुप कार्यालयको लेखा शाखामा लगाएको ताल्चा साँझ नगरप्रमुख साहले आफ्ना समर्थकहरुको साथमा गएर तोडेपछि आज कडा रुपमा प्रस्तुत हुँदै उनीहरुले बिहान विरोध र्याली निकालेर नगरको परिक्रमा गर्दै नगरपालिका कार्यालयको गेट अगाडि पुगेर विभिन्न नाराबाजी गरि धर्नामा बसेका छन् ।    आफुहरुको   आर्थिक वर्ष ०७४/०७५ देखि हालसम्मको डोर हाजरी र करारमा नियुक्त गरिएका कर्मचारीहरुको पदिय जिम्मेवारी समेतको विवरण सार्वजनिक ,आ.व ०७४/०७५ देखि हालसम्मको नगर स्तरीय बजेटको सार्वजनिक गरि सोको विवरण उपलब्ध ,करार कर्मचारीलाई लाखौंलाख रुपैयाँ पेश्की दिएको खर्चको विवरण सार्वजनिक ,कोभिड १९ मा भएको खर्चको विवरण सार्वजनिक ,कृषि सिंचाइ बोडिंग जडान भएको खर्च विवरण र नेपाल सरकारको स्थायी कर्मचारीहरुलाई मलंगवा नगरपालिकामा गरेको समायोजनको फिर्ता कार्य बन्द गर्नुपर्ने लगायतका मागहरु रहेको  विरोध प्रदर्शनको अगुवाई गर्नु भएका उपमेयर शान्ती सबनम मिकरानीले बताउनुभयो ।

बजेट संचालनमा नगर प्रमुख र  प्रशासकीय अधिकृतले मनोमानी गरेको उहाँले  आरोप लगाउनु भएको छ ।     नगर प्रमुखले साहले तोडेको लेखा शाखामा लगाएको ताल्चा आज पुनः उपमेयरले लगाएको छ ।

Comment


Related News

Latest News

Trending News