अपडेट 
२०७७ कार्तिक १९, बुधबार १४:०२

देशको ६३.७% जनसंख्या ३० वर्ष भन्दा कम उमेरका छन्, जस मध्ये २०% युवाहरू बेरोजगार छन् । ४००,००० भन्दा बढी युवाहरू प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने अनुमान गरिएको छ, जसमध्ये दैनिक १५०० रोजगारीको खोजीमा देश छोड् छन् । यी तथ्या्कहरूले नेपालमा रोजगार चुनौतीको परिमाणात्मक आयामलाई संकेत गर्दछ । एकातिर सिपयुक्त जनशक्तीको देशभित्र ठूलो माग छ भने छ, अर्कोतिर प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जानकारी युवामामm पु¥याउनु जरुरी छ । उनीहरूलाई सीप प्रशिक्षणको पहुँच गर्नु र रोजगार बजारमा एकीकृत गर्नु देशको सामाजिक तथा आर्थिक विकासका लागी अपरिहा¥यार्य छ।

मुस्ताङका सविन घले १२ कक्षाको को अध्ययन पुरा गरेर वैदेशिक रोजगारीको लागि विदेश जाने सोच थियो । पछि ११ पढिसकेपछि शिक्षकबाट केही सिपमूलक नै पढ्नुपर्छ भनेर सुझाव प्राप्त भएपछि उनी व्यावसायिक शिक्षा तर्फ लागेका थिए। उनले व्यावसायिक शिक्षाको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत धौलागिरी प्राविधिक शिक्षालय मुस्ताङबाट पाककला विषयको १८ महिनाको कोर्स गरेका छन्। यही तालिम आफूलाई वरदान साबित भएको बताउने घले भन्छन्, ‘व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र ? घले ले आजका युवाको सोच नै विदेश हुने र स्वदेशमा केही सम्भावना नदेख्ने गर्दा प्रतिभा पलायन भएको बताउँछन् । ‘परिवारबाट छुटिएर लाखौँ रुपैयाँ खर्च गरेर खाडीमा आठ–दश घण्टा घोटिएर भन्दा आफ्नै मुलुकमा परिवारको साथ मीठो मसिनो खाएर श्रम गर्नु धेरै जाती’, घले भन्छन्, ‘विदेशमा गएर कमाउने जति पैसा स्वदेशमै कमाउन सकिने भएकाले हातमा सीप भए जागिरका लागि भौँतारिनु पर्दैन ।’ विदेश जानै पर्ने भए पनि सीप सिकेर मात्र जान उनको सुझाव छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको विकास र विस्तारका क्षेत्रमा काम गर्ने राष्ट्रिय स्तरको स्वायत्त तथा सर्वोच्च निकाय हो । परिषद् अन्तर्गत ७ वटा प्रादेशिक कार्यालयहरु, ५९ वटा आंगिक शिक्षालय/पोलिटेक्निकहरू, २० वटा साझेदारीमा सञ्चालित संस्थाहरू, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालित ५३४ वटा विद्यालयहरू, निजीस्तरमा सम्बधन प्राप्त सञ्चालित संस्थाहरू ४२९ एवं छोटो अवधिको व्यावसायिक तालीम संचालन गर्ने ११३१ वटा संस्थाहरू परिषद्बाट सम्बन्धन प्राप्त गरी संचालन भइरहेका छन् ।


परिषद् र परिषद् मातहत सम्वन्धन प्राप्त शिक्षालय, कलेज र संस्थाहरुमा गरी तीन वर्षे डिप्लोमा र प्रमाणपत्र तहमा वार्षिक ३८,९७६, प्रा.एस.एल.सी.मा ३५,८८७ र छोटो अवधिको तालिमहरुमा करिब ५० हजार प्रशिक्षार्थीहरुलाई भर्ना गरी प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रदान गर्ने क्षमता विकास भएको छ ।परिषदको छात्रावृत्ति कार्यक्रम अन्तरगत प्रत्येक वर्ष ८०४६ जना विद्यार्थी लाभान्वित हुने गरेका छन् ।


हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दक्षता परियोजना संग मिलेर सामाजिक मीडिया अभियान ‘‘सीप हुन्छ हातमा रोजगारी साथमा’’ सञ्चालनल गरिरहेको छ । परिषद् तथा यससंग आवद्घविद्यालय संस्था हरु ले फेसबुक पृष्ठहरू मार्फत TVET स्नातकहरू, प्रोफाइल रोजगार दाताहरूको अनुभवहरू, उद्योग आवश्यकताहरू र रोजगारी सम्भावनाहरूको जानकारीको सफलताका कथाहरू, TVET कोर्सहरू, अवसरहरू र अधिकमा जानकारी प्रदान गर्दै आएको छ । अनुसन्धान र सूचना डिभिजन, सिटिइभिटिका सूचना अधिकारी अनिल मुनि बज्राचार्य भन्छन्“हाम्रो क्षमताअनुसार प्रत्येक वर्ष लगभग ७६ हजार लामो अवधि (३ वर्षे) र १८ महिने तालिमहरू दिरहेका छौँ। हामीले ८०,००० भन्दा बढी प्रयोगकर्ताहरू CTEVT फेसबुक पेज सम्र्पक गरेका छौं । यस अभियानले युवा पुस्ता, अभिभावक, परिवारलाई पुग्ने वास्तविक TVET फाइदाहरू र TVET को छवि सकारात्मक रुपमा बदल्दै गरेको आएको छ।”


यश्वसी जोशी

[email protected]

Comment


Related News

Latest News

Trending News