२०७७ कार्तिक १९, बुधबार १४:२३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न पत्रकारहरुलाई प्रहरीले रोकेको छ ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरावणेको आज हुने नेपाल भ्रमणको समाचार कभर गर्न गएका पत्रकारहरुलाई प्रहरीले विमानस्थल प्रवेशमा रोक लगाएको हो ।विशिष्ट अतिथि आउँदा अरुबेला जान दिने ठाउँमा यो पटक पत्रकारहरुलाई जान दिइएको छैन । विमानस्थलको मुल गेटबाट भित्र छिरेकालाई पार्किङ्ग क्षेत्रमै प्रहरीले रोकेको छ भने केहीलाई मुल गेटमै रोकेको छ ।त्रिभुवन विमानस्थलका अनुसार अरुबेला विशिष्ट अतिथि आउँदा यसरी पत्रकारहरुलाई रोक्ने गरिएको थिएन ।

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे बुधबार अपराह्न तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन् ।नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।भ्रमणअघि नरावणेले दुई देशका सेनाबिचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन् ।

नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ । नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।

Comment

Related News

Latest News

Trending News