अपडेट 
२०७७ कार्तिक २०, बिहीबार १०:५९

नेपाली काँग्रेसका शीर्ष नेताको बैठक आज (विहीबार) बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो १ बजे शीर्ष नेताबीच छलफल हुने छ ।

पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि मंगलबारलाई स्थगित भएको बैठक आज बस्न लागेको हो । केसीको निधनको शोकमा मंगलबार दिउसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको थियो । पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार पनि काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले पौडेल पक्षले दर्ता गराएको ज्ञापनपत्रको बुँदागत व्याख्या गरेका थिए भने असोज १७ गते पनि उक्त विषयमा महामन्त्री पुर्णबहादुर खड्काले पनि बुँदागत व्याख्या गरेका थिए । अहिले पनि संस्थापनपक्षीय नेताहरूले पौडेल पक्षको ज्ञापनपत्रमाथि प्रस्टीकरण मात्र दिएपछि विवाद समाधान हुन सकेको छैन । २१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठकअघि विवादित विषय टुङ्ग्याउन छलफलको निरन्तरता स्वरुपमा नेताहरुबीच छलफल भइरहेको छ । उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काको प्रष्टिकरणबाट इतरपक्ष सन्तुष्ट हुन सकेको छैन । तर आफूले उठाएका विषयमा छिनोफानो नभइ महाधिवेशनको तालिकाका विषयको छलफल हुन नदिने पौडेल पक्षको अडान छ ।

यता संस्थापन पक्ष भने पौडेल पक्षले उठाएका विषय वास्तविक नभइ चुनावी मुद्दा मात्रै रहेको बताउँदै आएको छ । २१ गतेको बैठकको मुल एजेण्डा नै महाधिवेशनको कार्यतालिका रहेको छ ।

Comment


Related News

Latest News

Trending News