अपडेट 
२०७७ कार्तिक २०, बिहीबार १२:४१

नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा एक सय रुपैयाँले घटेर छापावाला सुनको कारोबार भइरहेको हो ।

बुधबार ९६ हजार तीन सय प्रतितोला कारोबार भएको छापावाला सुन आज ९६ हजार दुई सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News