अपडेट 
२०७७ कार्तिक २२, शनिबार ०७:५१

रौतहट । जिल्लाले पुन: निषेधाज्ञाको घोषणा गरेको छ । कोरोना संक्रमण नरोकिएपछि निषेधाज्ञा गर्न बाध्य बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । शुक्रबार राति १२ बजेबाट लागु गरिएको निषेधाज्ञा आगामी मंसीर १७ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

नजिकिदै गरेको दिपावली, छठ, र वाग्मती नदी किनारमा ठुलो भिड लाग्ने र कोरोनाको जोखिम बढ्दै जाने भएकाले निषेधाज्ञा जारी गरिएकाे हो । प्रजिअ यादवले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप जिल्लाभरि लागु हुने गरी निषेधाज्ञा जारी गर्नुभएको हो ।

साथै, २५ दिन सम्मका लागि जारी निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योगवाणिज्य/ व्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग जिप्रकाले अनुरोध समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News