अपडेट 
२०७७ कार्तिक २३, आईतवार ०८:४१

नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादमा राष्ट्रपति बिद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई पार्टी एकताका लागि कामगर्ने जुन निर्देशन ‘बक्सिइन’, त्यसले राष्ट्रपति पदको गरिमालाई साह«ै होच्यायो । के कुराले राष्ट्रपति भण्डारीलाई यस्तो निर्देशन ‘बक्सिन’ अभिपे्ररित ग¥यो ? निश्चय पनि, यो सहज बिषय थिएन ।

गौतमलाई निर्देशन दिएर राष्ट्रपतिले आफनो राष्ट्रिय अभिभावकीय भूमिकाको निर्वाह पक्कै गरेकी थिइनन । प्रसंगमा, राष्ट्रपतिको अभिभावकीय भूमिका कै चर्चागर्ने हो भने पनि के राष्ट्रपति भण्डारीमा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाएर पार्टीमा झगडा र विवाद नगरी अधिवेशन सहज ढंगले गर्नु भन्ने ‘निर्देशन’ बक्सिने हिम्मत छ त ? उनीसंग त्यस्तो हिम्मत पक्कै छैन । नेकपा एमाले हुँदैदेखि आफ्नो दिमागमा जमेको संस्कारको पालना गरेकी हुन उनले । उनको यो पार्टी प्रेमले राष्ट्रपति पदको गरिमाको अवमूल्यन गरेकोछ । अब कसैले राष्ट्रपति पदलाई अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनको अध्यक्ष पदको समानान्तर ठान्यो भने पनि आश्चर्य मान्नु पर्ने अवस्था रहेन । राजनीतिबाट मूल्य पध्दतिको राग हराउँदै गएको सन्दर्भमा शाश्वत रहेका मान्यताका प्रति सामाजिक निरपेक्षता बढनु आश्चर्यको कुरा हो । देशमा सयौं विधिबेत्ता छन जो कालो कोट लगाएर अदालतका आँगन र शक्तिका गल्ली र गोरेटाहरुमा दिनहूँ नाची रहेका देखिन्छन ।

तर, ती कोही पनिमूल्य र मान्यताका यी आधारभूत प्रश्नबारे रुचि देखाउन चाहँदैनन । सबैलाई चाहिएकोछ ः पावर । पावर हातमा परेपछि जुन तुजुक चढदछ मानिसको दिमागमा, त्यसैको खोजीमा रहेका छन देशका अधिकांश बुध्दिजीवीहरु । यहाँ राष्ट्रपति भण्डारीले किन र कसको आदेशमा नेकपाको भाषा बोलिन ? यो प्रश्नको जवाफ खोज्नु नै ब्यर्थ छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीनेतृत्वको वर्तमान सरकार अभिमानको वायुपंखी घोडामा सवार छ । उसलाई लागेको छ, संसदमा दुइतिहाइ मत भएपछि सरकारले स्वच्छन्दतापूर्वक जे पनि गर्न सक्दछ । राष्ट्रपतिलाई आफनो माउथपीस बनाउन पनि र बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाएर प्रधानमन्त्री बनाउने गैर संवैधानिक शक्तिको अभिमान देखाउन पनि । प्रम ओलीलाई थाह छ – राष्ट्रिय सभाको सदस्यलाई प्रधानमन्त्री बनाउन ठूलै सर्कस खेल्नु पर्दछ । बामदेव गौतमलाई यो कुरा थाह नभएको होइन । तर, उनी थाह नपाए झैं गरी रहेका छन । अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र चलेको आन्तरिक किचलोले जुन रुप लिएकोछ त्यो राजनीतिबाट मूल्य र मान्यता च्यूतहुँदै गएको एउटा उदाहरण हो । सरसरती हेर्ने हो भने राजनीतिका मानिसहरु कतै पनि नांगै उभिएका छैनन ।

तर, अलिकति संवेदनशील भएर हेर्ने हो भने राजनीतिका मानिसहरु कसैले लाज छोपेको देखिदैन । लाजको परित्याग भनेकै मान्यताको ¥हास हो । यो अहिलेको राजनीतिमा जताततै चलेकोछ । कुरा नेकपाको मात्र होइन, प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवस्था पनि उस्तैछ । कांग्रेस पार्टीले निष्ठाका साथ प्रतिपक्षी भूमिकाको पालना नगरेकोमा उसको चौतर्फी आलोचना भइ रहेकोछ । जनता समाजवादी पार्टी आफै नीतिगत अन्योलमा रहेकोछ । समाजवादी पार्टीमाडा.बाबुराम भट्टराईको उपस्थितिले पार्टी एकतापछिको अवस्थालाई अप्ठेरोमा पारेको छ । एकातिर, महन्थ ठाकुर र राजेन्द्र महतो, अर्कोतिर डा. बाबुराम र उपेन्द्र यादव – जसपामा शक्तिको व्दन्व्द चर्किदै जानेछ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका कुनैपनि ठूला वा साना पार्टीले राजनीतिमा मूल्य र मान्यताका प्रश्नलाई अपरिहार्य बनाएका छैनन । सत्ता प्राप्ति नै पार्टीहरुकोएकमात्र उद्देश्य भएपछि मूल्य र मान्यताको प्रश्न तपसीलमा पन अस्वाभाविक होइन । अहिलेको राजनीतिको सबभन्दा बिग्रहकारी तत्व नै यही हो । पार्टीका बिव्दान नेताहरुलाई यो कुरा थाह नभएको होइन ।

के लोकतन्त्र भनेको एउटा पार्टीले चुनावमा वहुमत ल्याउनु र त्यो पार्टीको अध्यक्षले प्रधानमन्त्री पदको शपथ ग्रहणगर्नु, त्यसपछि एकथरि बिरोधमा उत्रिनु र अर्कोथरि समर्थनमा कुर्लिनु मात्रै हो त ? निश्चय पनि होइन । लोकतन्त्र अर्थात जनताको शासनको परिकल्पना जहाँबाट शुरु भयो, त्यहींबाट लोकतन्त्र शासनको एक महत्वपूर्ण राजनीतिक संयन्त्र बनेकोछ । जबसम्म स्वतन्त्र प्रेस हुँदैन, तबसम्म लोकतन्त्रले पूर्णता पाउँदैन । जनताले जबसम्म अनुमोदन गर्दैन, तबसम्म लोकतन्त्रको अर्थ रहँदैन । तर, अहिलेसम्म शक्ति र सत्ताको यो लोकतान्त्रिक बिम्ब कैयौं आक्रमणमा परी सकेकोछ । अधिकार एक्लै भोगौं, कसैसंग भागिदारी गर्नु नपरोस भन्ने आकांक्षाले मानिसको विवेक ध्वस्त गरि दिएकोछ । राजनीतिको यो अनौठो पासो बिकासशील देशतिरमात्रै किन सक्रियहुने गर्दछ ? यो कुरा बुझन गा¥हो छैन । नेपालका अधिकांश शिक्षित मानिस बेरोजगार छन । स्वरोजगारका लागि प्रोत्साहन नभएको अवस्थामा जनताको झुकाव राजनीति गर्ने मानिसप्रति बढनु अस्वाभाविक होइन । राजनीतिगर्ने मानिसलाई कार्यकर्ता चाहिन्छ, कार्यकर्तालाई काम । सरकारसंग खैंजडी बजाउन लगाउने बाहेक अरु कुनै काम छैन । रोजगारीको अवसर बढाउनेमा भन्दा मसिना जग्गाको कित्ताकाट गरेर घर उमार्ने कला प्रोत्साहित भएका छन अहिले ।

मन्त्री माक्र्सवादी आर्थिक सिध्दान्तको आधारमा कृषिको बिकासगर्न चाहन्छन । तर, उनी बेलैमा कृषिमल तथा आबश्यक अन्य संशाधन जुटाउन सक्दैनन । देशमा उत्पादन छैन । बिदेशबाट ल्याइएका अररो चामल खान अभिशप्त छन जनता । देश चौबिस घण्टा राजनीतिमा चलेको छ । देश चलाउने अरु कुनै साधन छैन । बिगत दुइ महिनादेखि त राजनीतिले देश चलाउन सक्ने वा नसक्ने कुरा आउन थालेकोछ । प्रधानमन्त्री ओलीको टक्कर आफनै पार्टीसंग परेकोछ । २०५० सालमा कांग्रेस पार्टीमा चलेको जस्तो सरकार ठूलो कि पार्टी ठूलो ? भन्ने बिबाद यसपटक कम्युनिष्ट पार्टीमा फेरी दोहोरिदैछ । फरक यतिमात्रै छ कि कांग्रेसमा बिबादहुँदा पार्टी सभापति र प्रधानमन्त्रीमा फरक ब्यक्तित्व थिए भने अहिले कम्युनिष्टपार्टी र सरकारका प्रमुख एकैजना छन ।तै पनि, अर्का अध्यक्ष र सदस्यहरुसंग कुरा मिलेको छैन बैठक बस्ने कुरामा । प्रम ओलीलाई लागेकोछ पार्टी बैठकले उनलाई र उनको कार्यशैलिमाथि नियन्त्रणकोप्रयास गर्नेछ ।

उनी अहिले जसरी शासन गरी रहेका छन त्यो बाटोमा परिवर्तन ल्याउनेछ । त्यसैले प्रधानमन्त्री स्थायी कमिटि वा समितिको बैठक चाहँदैनन । उनले पार्टीभित्रका आफना बिपक्षीहरुलाई स्पष्ट शब्दमा भनेका छन – मेरो निर्णय जसलाई मान्य छैन उ बाहिरिए हुन्छ । उनले समानस्तरका कार्यकारी अध्यक्ष प्रचण्डलाई जवाफ दिइ सकेका छन – अब संगै नहिडौं । उनले यो जवाफ प्रचण्डलाई मात्र दिएका हुन कि यसमा बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि समेटिएका छन ?यो कुरालाई जसले जसरी बुझेपनि हुन्छ । किनभने, माधव नेपालले विगतको एमालेको पुनर्संगठनमा भन्दा नयाँ कम्युनिष्ट पार्टीको सवल संगठनमा रुचि देखाएका
छन । झलनाथ खनाल पनि त्यसबाट बाहिर छैनन । आन्तरिक कलह र कचिंगलमा फँसी सकेको अहिलेको कम्युनिष्ट पार्टी एकै रहन सक्दैन । छिमेकी भारतमा भारतीय कम्युनिष्ट पार्टीका बिरुध्द भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) बनेको थियो । प्रम ओली नेतृत्वको कम्युनिष्ट पार्टी प्रगतिशील धारमा देखिएको छैन । अहिलेको दुइ तिहाइको कम्युनिष्ट सरकार कुनै तरीकाले परिवर्तनकारी होइन । यथास्थितिवादको समर्थनमा खडा भएको यो सरकार बिसंगतिहरुको भुंग्रोमा फँसी सकेकोछ ।

Comment


Related News

Latest News

Trending News