अपडेट 
२०७७ कार्तिक २३, आईतवार ०८:४५

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन विजयी भएका छन् ।

३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् । बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सलभानियामा बाइडेनले जित हासिल गरेसँगै उनको २७३ इलेक्टोरल कलेज मत प्राप्त गरेका हुन् । सन् २०२० को निर्वाचनमा बाइडेन विजयी भएसँगै सन् १९९० पछि एक कार्यकाल मात्र अमेरिकी राष्ट्रपति बन्‍ने ट्रम्प पहिलो व्यक्ति बनेका छन् । यस वर्ष सन् १९०० पछि पहिलो पटक अमेरिकामा सबैभन्दा बढी मत खसेका थिए ।

बाइडेनले सात करोड ३० लाख मत प्राप्त गरेका छन् । यो अमेरिकी इतिहासकै सबैभन्दा दोस्रो ठूलो मत हो । यसअघि मत गणना जारी रहँदै राष्ट्रपति उमेदवार ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । उनले मतगणनामा समेत अनियमितता भएको आरोप लगाएका छन् । तर, उनले कुनै पनि प्रमाण पेश गर्न सकेका छैनन् ।

ट्रम्पको अभियानले विभिन्‍न राज्यहरुमा धाँधली भएको भन्दै कानुनी उपचारको खोज्दै उजुरी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News