अपडेट 
२०७७ कार्तिक २३, आईतवार ०९:३१

विश्वभरमा तीन करोड ५५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा तीन करोड ५५ लाख २४ हजार ६ सय ५२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा पाँच करोड एक लाख ४६ हजार तीन सय २५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ५५ हजार पाँच सय १६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ३२ लाख ७४ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड एक लाख ७३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६४ लाख ३६ हजारभन्दा बढी निको भएका छन् । यहाँ दुई लाख ४२ हजार दुई सय २८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ८५ लाख ७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७८ लाख ६७ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार १ सय ६२ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ९१ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ५५ हजार एक सय १४ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ८७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News