अपडेट 
२०७७ कार्तिक २३, आईतवार १६:२१

प्रदेश १ मा आहृवान गरिएको सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले नै उल्लङघन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दको उल्लङघन गर्दै व्यवसायीले यातायात सञ्चालन गरेका हुन् ।प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा नेपाल यातायात व्यवसायी महासंघले सहमति जनाएको थिएन् ।

आइतबार निर्वाधरुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् । लामो समयको बन्दपछि खुलेको सार्वजनिक यातायता बन्द गर्नुपर्ने अवस्था नरहेको नेपाल यातायात व्यवसायी महासंघ मोरङका अध्यक्ष राजन कँडेलले जानकारी दिए ।

बन्दका बारेमा महासंघलाई जानकारी नभएको उनले बताए । ‘महिनौंको बन्दपछि बल्ल सवारी चल्दैछन्,’ उनले भने, ‘बन्दका नाममा जनतालाई दुःख दिन मिल्दैन् ।’

प्रदेश सरकारले राहत नदिएको विरोधमा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश १ ले आइतबारबाट अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको महासंघ प्रदेश १ महासचिव रमेश खत्रीले जानकारी दिए ।तर महासंघले गरेको बन्द सिन्डिकेटको पक्षमा रहेकाहरुले उल्लङघन गरेको उनको भनाइ छ । बन्दमा छिटफुटरुपमा मात्रै सवारी चलेको उनले बताए ।लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा विलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने मागसहित बन्द आहृवान गरिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News