अपडेट 
२०७७ कार्तिक २३, आईतवार १६:२४

पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । उनहिरुमध्ये एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका हुन् ।देशभर ३५ हजार ४३५ सक्रिय स.क्रमित छन् । उनीहरुमध्ये २८ हजार ९२० होम आइसोलेसनमा छन् भने ३६५ जनाको भेन्लिटेलर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १५१२ संक्रमित थपिएका छन्, जसमध्ये १२९४ काठमाडौं, १४१ ललितपुर र ७७ जना भक्तपुरका छन् ।मोरङका २४५ जना, सुनसरीका १३३, रुपन्देहीका ८५, कास्कीका ८२, कैलालीका ७७, काभ्रेका ७३, झापाका ५८, नुवाकोटका ३७, मकवानपुरका ३३, पाल्पाका २४, बाँकेका २२, कपिलवस्तुका २१, उदपयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९/१९ जना, खोटाङका १८, रोल्पाका १६, गोरखाका १५, सिराहाका १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२/१२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका ९ जना, धादिङका ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५/५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४/४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३/३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २/२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।

Comment


Related News

Latest News

Trending News