२०७७ कार्तिक २३, आईतवार १८:०३

उखु किसानहरूले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले किसानमाथि अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकारले बेवास्ता गरेमा मङ्सिर २७ गतेपछि काठमाण्डौको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने बताउनुभयो ।

स्मरण पत्र बुझेपछि मन्त्री भट्टले बन्द भएका उद्योगकाे जायजेथा बेचेर भए पनि किसानको रकम दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मिश्रले बताउनुभयो । 

Comment

Related News

Latest News

Trending News