
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ ।
हाल मुलुकको प्रदेश नम्बर १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
साेमबार राती प्रदेश नम्बर १, गण्डकी र कर्णाली प्रदेशका भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
दिउँसो देशभर सामान्यतय सफा रहे तापनि अपरान्हपछि पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।