अपडेट 
२०७७ कार्तिक २४, सोमबार ०८:१५

नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ ।

केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । 

बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ । बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको छ । यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । 

बैंकले यसअघि यही कात्तिक १७ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Comment


Related News

Latest News

Trending News